२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

नेपाल क्रिकेट संघमा पारसको इन्ट्री : बने काठमाडौं जिल्ला सदस्य

नेपाल क्रिकेट टिमका सफल कप्तान पारस खड्काले अब नियमन निकाय नेपाल क्रिकेट संघमा इन्ट्री गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिममा रहेर पारसले टिमलाई सबै सफलता दिएका थिए ।

उनै सफल कप्तान अब संघमा प्रवेशका लागि काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएका छन् । संघका गतिविधि खेलाडी जीवनदेखि नै नियालेका पारस अब त्यो नियमन गर्ने निकायमै पुग्न जिल्ला संघमा प्रवेश गरेका हुन् । खेलाडी जीवनबाट सन्यास लिएपछि उनी पहिलोपटक जिल्ला संघको सदस्य बने ।

यसका लागि पहिलो खुड्किलो जिल्ला संघको मंगलबार साउन ३० गते भएको काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारणसभामा उनी पनि सदस्यमा चयन भएका छन् । साधारणसभाले दिवाकर घले नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

काठमाडौं जिल्ला संघको उपाध्यक्ष अजयवीर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनितध्वज चन्द सर्वसम्मत निर्वाचित भए ।

सदस्यहरुमा पारससँगै अमृता पौडेल, मनीषकुमार ढुंगेल, अरुण सत्याल, विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमालराज गिरी, धीरेन्द्रलाल श्रेष्ठ र ज्योति गुरुङ चयन भएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*