२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

नेपाली काँग्रेसका नेता गिरीको स्वास्थ्य लाभकालागि प्रार्थना सभा गरिदै

नेपाली काँग्रेस बैचारिक अभियानले मेडिसिटी अस्पतालमा उपचाररत प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेसका नेता प्रदिप गिरीको स्वास्थ्य लाभको प्रार्थना सभाको आयोजना गर्ने भएको छ ।
अभियानले यहि भाद्र ३ गते दिउँसो २ बजे नेपाल सांस्कृतिक संघ डिल्लीबजारमा प्रार्थना सभाको आयोजना गरेको अभियानका संयोजनमा सक्रिय युवराज खातीले जानकारी दिए ।
राजनीतिक विश्लेषक तथा विचार र चिन्तनमा अव्वल क्षमता रहेका गिरी भारतबाट क्यान्सरको उपचार गरेर फर्के लगतै स्वास्थ्यमा पुनः समस्या देखि पछि भैसेपाटी स्थित मेडिसिटी अस्पतालको आई.सि.यू.मा राखेर उपचार भइरहेको छ ।
गिरीको विचार र चिन्तनको राजनीतिलाई प्रोत्साहन गर्ने उदेश्यले स्वास्थ्य लाभको प्रार्थना सभाको आयोजना गरिएको समेत आयोजक खातीले बताए ।
खातीले गिरीको स्वास्थ्य लाभको प्रर्थना सभामा उपश्थित हुन समेत सवैमा आव्हान गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*