२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

नेपालमा कोरोना संक्रमित बढ्दै, हेलचक्राईं नगर्न चिकित्सकहरुकोआग्रह

नेपालमा कोरोना भाईरसका संक्रमित बढिरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालको पछिल्लो २४ घन्टाको तत्थ्याङ्क अनुसार देशभर कुल ६३८ जनामा कोरोना संक्रमन पुष्टि भएको छ ।
मन्त्रालयले मंगलबार (आज) जारी गरेको तत्थ्याङ्क अनुसार ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जना कोरोना संक्रमित भेटिएका हुन् ।
हिजो सोमबार ५६८ जना संक्रमित भेटिएका थिए ।
त्यस्तै पछिल्लो २४ घन्टामा २१८ जना कोरोना संक्रमण मुक्त भएको समेत मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
अहिले सम्म नेपालमा कुल ३ हजार ७१४ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयको तत्थ्याङ्कमा उल्लेख छ ।
यसैबिच खोप लगाएको भए पनि संक्रमण हुन सकिने भन्दै सावधानी अपनाउन स्वाथ्यकर्मीले आग्रह गरेका छन् । विशेष गरेर बालबालिका, जेष्ठ नागरिक तथा दिर्घ रोगीहरुलाई विशेष सतर्कता अपनाउन उनिहरुको सल्लाह छ ।
रुघा खोकि सहित कोरोनाको लक्षण देखिए हेलचक्राईं नगरी अस्पताल तथा स्वास्थ्य संस्थामा गई उपचार गराउन समेत चिकित्सकहरुले आग्रह गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*