२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

उपत्यकामा हैजा फैलिएको आशंका, सवैलाई सतर्क रहन स्वास्थ्यकर्मीको आग्रह

काठमाडौं उपत्यकाका बस्तीहरुमा तिव्र रुपमा हैजा फैलिन थालेको आशंका गरिएको छ ।
उपत्काका बिभिन्न स्थानका मानिसहरु झाडापखालाको उपचारका लागि अस्पताल गएका मध्य केहिमा हैजाको जिवाणु भेटिए संगै बस्तीहरुमा हैजा फैलिएको आशंका गरिएको हो ।
झाडापखाला लागेका मध्य बागबजार, डिल्लीबजार, सानेपा लगाएतका केहि व्यक्तिहरु उपचारका लागि अस्पताल पुग्दा चेक जाँचका क्रममा हैजा पुष्टि भएको अस्पताल श्रोतले बताएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकुमा पठाईएका नमुना मध्य स्टुल कल्चरबाट ४ जनामा हैजा पुष्टि भएको प्रयोगशालाकी निर्देशक डा.रुना झाले बताईन् ।
तिब्र रुपमा फैलिने छमता राख्ने हैजाका जिवाणु शरिरमा प्रवेश गरे अत्यधिक बान्ता तथा पखाला लाग्ने लक्षण देखा पर्ने समेत डा. झाँले बताईन् ।
यसै बिच उपत्यकामा हैजा तिव्र रुपमा फैलन थालेको आशंका बढेपछि सतर्क रहन स्वास्थ्य कर्मीहरुले सुझाएका छन् ।
पानी उमालेर तथा बासी सडेगलेका खाने कुरा नखान स्वास्थ्यकर्मीले आग्रह गरेका हुन् । हैजाका जिवाणु फैलिन नदिन घर आँगन, बाथरुम तथा ट्वाईलेटलाई सफा राख्न समेत स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
तारन्तर बान्ता तथा चौलानि पानी जस्तो पखाला लागे तुरुन्त अस्पताल गएर चिकित्सक संग परामर्श गराई उपचार गर्न समेत स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*