२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

नेपालमा अहिले सम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित भेटिए

पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संख्या नेपालमा कोरोना संक्रमण भेटिए सम्मकै सवै भन्दा धेरै संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन दुवै परीक्षण बिधीबाट देशभरमा २२ हजार ८२८ जनाको परीक्षण गरिएकोमा यति संख्यामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै २४ घण्टामा ५६२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको मन्त्रालयले नाएको छ । हाल देशभर कुल ३९ हजार ४४ संक्रिय संक्रमित रहेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*