२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

कोरोनाको बुस्टर डोज खोप दिईदै

सरकारले मंगलबार देखि कोभिड–१९ विरूद्धको बुस्टर डोज खोप दिने निर्णय गरेको छ ।
यस अघि पूर्ण मात्रा खोप लगाई सकेका व्यक्तिलाई बुस्टर डोजका रुपमा खोप दिने निर्णय गरेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीले बताए ।
पुर्ण खोप लागाएको तिन महिना कटेका गम्भीर अवस्था भएका तथा कमजोर रोग प्रतिरक्षा भएकाहरुलार्ई बुस्टर डोज खोप दिइने सरकारले निर्णय गरेको हो ।
राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई कोरोना बिरुद्धको अतिरिक्त डोज दिन सिफारिस गरे संगै सरकारले यो निर्णयमा पुगेको हो ।
यस अघि भेरोसेल तथा सिनोफार्म खोप लागाएका ६० बर्ष माथिका व्यक्तिले नजिकैको स्वाथ्य संस्थामा गएर खोप लागाउन पाउने व्यवस्था मिलाईएको मन्त्रालएको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*