८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

कोरोना संक्रमणको अवस्था भयावह हुँदै

पछिल्लो समय नेपालमा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार गएको २४ घण्टामा मात्रै ६ हजार ४६२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन दुवै बिधिबाट १७ हजार ४ सय ३७ जनाको परिक्षण गर्दा यति मात्रमा कोभिड–(१९) संक्रमणका बिरामी भेटिएका हुन् ।
मन्त्रालयका अनुसार २४ घन्टामा १४ सय १६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
संक्रमणका गम्भिर बिरामी मध्य ४ जनाको मृत्यु भएको छ ।
अहिले सम्म नेपालमा ७७ हजार ४० जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*