२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

त्रि.वि व्यवस्थापन केन्द्रीय विभागका बिद्यार्थीले अनुसन्धान सम्बन्धी कार्यमा नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउने

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत बिद्यार्थीले नेपाल बैंकमा इन्टर्नशिप गर्न पाउने भएका छन् ।
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभाग बीच मंगलबार भएको सम्झौता अनुसार बिद्यार्थीले अनुसन्धान सम्बन्धी कार्यमा बैंकमा इन्टर्नशिप गर्न पाउने भएका हुन् ।
नेपाल बैंक लिमिटेडका प्रवक्ता तथा प्रमुख प्रशासकिय अधिकृत प्रकाश कुमार अधिकरीले बुधबार एक विज्ञप्ती जारी गर्दै बिभागका बिद्यार्थीहरु र प्राध्यापकहरु मार्फत बैंकले आर्थिक तथा बैंकिङ्ग क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरु संचालन गर्ने जनाएको छ ।

अनुसन्धान सम्बन्धी कार्यका लागि व्यवस्थापन विभागले विषय विज्ञको रूपमा प्राध्यापकहरूको सूची बैंकलाई उपलब्ध गराउने छ र सो सूची अन्तर्गतका प्राध्यापकहरुलार्ई आवश्यकता अनुसार बैंकले अनुसन्धानको विषय विज्ञका रूपमा नियुक्त गर्ने पनि विज्ञप्तीमा उल्लेख छ ।
त्यसैगरी बैंकले गरेका अनुसन्धान सम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रमहरू एमबिए र एमबिएसमा अध्ययनरत विद्यार्थीहरू लाई ग्राजुएसन रिसर्च प्रोजेक्ट (जिआरपी) अन्तर्गत शोधपत्र लेखनकालागि छात्रवृत्ति स्वरूप न्यूनतम ५ जना विद्यार्थीहरूलाई बैंकले प्रति बिद्यार्थी नगद रु. ३० हजार प्रदान गर्नेछ ।
त्यस्तै बैंकले व्यवस्थापन विभागमा एमविए ईन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका १ जना छात्र र १ जना छात्रा गरी दुई जना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिक सत्रमा नगद र मेडल सहित “नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड” समेत प्रदान गर्नेछ ।
सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालयका तर्फबाट केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र नेपाल बैंक लिमिटेडका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।
त्यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी त्रिभुवन विश्वबिद्यालय व्यवस्थापन केन्द्रीय विभागका नि.विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी, त्रि.बि व्यवस्थापन विभागका एमविए प्रोगाम डाइरेक्टर सह–प्राध्यापक ज्ञानमणी अधिकारी, सह–प्राध्यापक डा.धुब्रलाल पाण्डेय, डा.बलराम दुवाल र डा.भरतसिंह थापा, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत बिश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुखी अर्जुन बहादुर कंडेल, कम्पनी सचिब केशब भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*