२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

ट्रम्पले जेल पुगेर आत्मसमर्पण गरे

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः आत्मसमर्पण गरेका छन् । उनी विरुद्ध लगाइएको आरोपमा हार खाँदै जर्जियास्थित फुल्टन काउन्टी जेलमा आफूलाई उभ्याएका हुन् ।

सन् २०२२ को चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेपछि ट्रम्पले आत्मसमर्पण गरेको बताइएको छ । औंठा छाप लिनेलगायतका प्रक्रिया पूरा गरेर उनी दुई लाख डलर जमानतमा रिहा भइसकेको पनि बीबीसीले जनाएको छ ।

प्रहरीको रेकर्डमा राखिने ट्रम्पको आधिकारिक तस्विर (मगशट) समेत जेलमा जारी भएको छ । ट्रम्पको मगशट सार्वजनिक भएको यो पहिलोपटक भएको बीबीसीले आफ्नो संकरणमा उल्लेख गरेको हो । उक्त मगशट ट्रम्पले ट्वीट गरेका छन् । सन् २०२१ को जनवरी ८ पछि उनले ट्वीट गरेको पनि यो नै पहिलो हो ।

ट्रम्पले अदालत वा संघीय अधिकारीसामु आत्मसमर्पण गरेको अहिलेकोसहित चौथोपटक भयो । यसअघि पनि आपराधिक मामलामा मुद्दा चलेपछि उनले तीनपटक आत्मसमर्पण गरेका थिए । अमेरिकी
सञ्चारमाध्यमहरुले लेखेअनुसार सन् २०२३ भन्दा अगाडिसम्म अमेरिकामा पूर्वराष्ट्रपतिमाथि यसप्रकारको घटना बिरलै थियो ।

ट्रम्पले भने आफूमाथि लगाइएका सबै आरोपको खण्डन गर्दै आएका छन् । जमानतमा रिहा भएर जर्जियाबाट फर्किने क्रममा उनले सबै आरोप राजनीतिक प्रेरित भएको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*