२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

टर्कीको कोइलाखानीमा विस्फोट हुँदा २५ जनाको मृत्यु

उत्तरी टर्कीको एक कोइला खानीभित्र विस्फोट हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। टर्कीका स्वास्थ्य मन्त्री फहरेटिन कोकाले ​कम्तीमा १७ जना घाइते भएका जानकारी दिए। घाइतेमध्ये ८ जनाको उपचार आईसीयूमा भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ। बार्टिनको अमासरास्थित राज्यको स्वामित्वमा रहेको कोइला खानीमा स्थानीय समयअनुसार साँझ ६स् ४५ मा विस्फोट हुँदा ४९ जना फसेका छन्। रातभर काम गरिरहेका उनीहरूलाई उद्धारको प्रयास जारी राखेको टर्कीका गृहमन्त्री सुलेमान सोयलुले बताएका छन्।

विस्फोटको समयमा खानीमा ११० जना रहेकामा अधिकांश कामदार बाहिर निकाल्न सफल भएपनि ४९ जना बढी जोखिमयुक्त क्षेत्रमा फसेका सोयुले जानकारी दिएका छन्। टर्कीको प्रकोप व्यवस्थापन एजेन्सी एएफएडीले छिमेकी प्रान्तसहित यो क्षेत्रमा धेरै उद्धार टोली पठाइएको जनाएको छ। कोइला खानीमा विस्फोट भएपछि राष्ट्रपति रेसेप तैयप एर्डोगानको दक्षिणपूर्वी शहर दियारबाकिरको भ्रमण रद्द भएको छ।

उनले खानीमा फसेकाको उद्धार कार्यको समन्वय गर्न अमासरा पुग्ने भन्दै भ्रमण रद्द गरेका हुन्। उनले घटनाको अनुसन्धान गर्न तीन अधिकारीहरुलाई खटाइएको बताए। उनले थप जीवनको क्षति हुन नदिन सबै प्रयास लगाउने विज्ञप्तिमार्फत जानकारी गराएका हुन्। ऊर्जामन्त्री फातिह डोन्मेजले प्रारम्भिक मूल्यांकनले कोइला खानीमा पाइने ज्वलनशील ग्याँसको सन्दर्भमा फायर ड्याम्पले विस्फोट भएको हुनसक्ने संकेत गरेको बताए। यसअघि सन् २०१४ मा पश्चिमी टर्कीको सोमा शहरमा रहेको कोइलाखानीमा आगलागी हुँदा ३०१ जनाको मृत्यु भएको थियो।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*