६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन


शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उनको उपचारको क्रममा १०३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्य अवस्थामा समस्या देखिएपछि बिहीबार पुनःआईसीयूमा सारिएका शताब्दी पुरूष सत्यमोहन जोशीको बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।

स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो । फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो । जोशी विगत तीन सातादेखि किस्ट अस्पतालमा उपचाररत थिए। जोशीलाई बिहीबारदेखि नै धेरै अक्सिजन दिनुपरेको थियो भने मुटुको चालमा समेत समस्या भएको थियो ।

पछिल्लो पटक उनलाई डेंगुको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उनी मुटु र प्रोष्टेटको समस्याबाट ग्रसित थिए । संस्कृतिविद्को आमचिनारी बनाएका जोशीले विभिन्न सामाजिक क्षेत्रमा पनि काम गरेका थिए । उनले २०१३ र २०१७ सालमा गरी दुई पटक मदन पुरस्कार समेत पाएका थिए ।

जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित उनी पहिलो नेपाली नागरिक पनि हुन । जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय समेत गरेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*