२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

चितवनमा ७ औं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० हुँदै, स्टल बुकिङ आज अन्तिम दिन

सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० यहि बैशाख २३ गते देखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा गरिने भएको छ ।
“दिगो आर्थिक विकासका लागि बृहत अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” भन्ने अभियान सहित औद्योगिक प्रदर्शनीको आईतबार (आज) सम्म स्टल बुकिङ खुल्ला गरिएको छ ।
उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले संचालन गर्न लागिएको औद्योगिक प्रदर्शनीको आयोजना चितवन उद्योग संघले गरेको हो ।
प्रदर्शनीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहयोग गरेको छ भने, नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व र मिडिया स्पेस सोलुसन्स प्रा.लि तथा Futurex Trade Fair and Events ले व्यवस्थापकीय साझेदारी गरेको छ ।
बैशाख २२ देखि २४ गते सम्म संचालन हुने प्रदर्शनीमा स्वदेश तथा विदेशमा निर्मित आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधि सहित निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको बृहत प्रदर्शनी गरिने इभेन्ट अफिसर दिपक दुवेदीले जानकारी दिए ।
आईतबार स्टल बुकिङको अन्तिम दिन भए पनि आयोजक समितिको छलफलमा बुकिङ केहि दिन थप्न सकिने समेत दुवेदीले जानकारी बताए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु बुकिङ हुने व्यवस्था मिलाईएको प्रदर्शनीमा अवलोकनकर्ताहरु लाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।
प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नव उद्यमीहरु, आधुनिक प्रविधि उत्पादक तथा औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्ति तथा व्यवसायिक उत्पादकहरु लागाएतलाई यस प्रदर्शनीले प्रोत्साहन गर्नेमा आफुहरु विश्वस्त रहेको पनि इभेन्ट अफिसर दुवेदीले बताए ।
औद्योगिक क्षेत्रको प्रोत्साहन र प्रचुर संभावना रहेको चितवनमा आयोजना गरिएको यस प्रदर्शनीमा उपश्थित भइ अवलोकन गरिदिनुहुन पनि अफिसर दुवेदीले सवैमा आग्रह गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*