२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

चिठीमा विष पठाउने महिलालाई २२ वर्ष जेल

एक क्यानेडियन महिलाले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमार्फत विष पठाएकी थिइन्

आजभन्दा झन्डै साढे ३ वर्षअघि तत्कालीन अमेरिकी राष्ट्रपतिलाई विषले भरिएको चिठी पठाउने महिलालाई अहिले जेल सजाय तोकिएको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिठीमा विष पठाएको आरोपमा ती क्यानेडियन महिलालाई २२ वर्षको जेल सजाय सुनाइएको हो ।

५६ वर्षीया क्यानेडियन नागरिक पास्केल फेरिरले ‘रिसिन’ नामक विषले भरिएको चिठी जैविक हतियारका रुपमा ट्रम्पलाई पठाएको पुष्टि भएको छ।

सन् २०२० मा तत्कालीन राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरिएको एक घातक चिठी ह्वाइट हाउस पुग्नुभन्दा अगाडि नै सुरक्षाकर्मीले बरामद गरेको थियो । सो चिठी रिसिन नामक विषले भरिएको पत्ता लागेपछि सुरक्षाकर्मीले बरामद गरका थिए । चिठीमा विष भएको प्रमाणित भएलगत्तै ती महिलालाई नियन्त्रणमा लिइएको थियो ।

फेरिरले अदालतमा जैविक हतियार ट्रम्पलाई पठाएको स्वीकार गरेकी थिइन् । तर त्यो ट्रम्पसम्म पुग्न नपाएकोमा भने उनले दुःख व्यक्त गरेकी थिइन् ।

फेरिरले जेल सजाय भोगिसकेपछि अमेरिकाबाट निर्वासनमा पठाइने र यदि अमेरिका फर्किए पनि कडा निगरानीमा राखिने जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*