२८ बैशाख २०८१, शुक्रबार  |  10 May 2024,Friday
Ad

चन्द्रागिरि नगरपालिकाले भूकम्प पीडितलाई सहयोग गर्ने

जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट भएको जनधनको क्षेत्रमा चन्द्रागिरि नगरपालिकाले पनि पीडितलाई सहयोग गर्ने भएको छ ।

चन्द्रागिरि नगरपालिकाका नगर उपप्रमुख वसन्ती श्रेष्ठले भूकम्पमा परी ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जलिसहित मृतकको चिरशान्तिको कामना गर्नुभएको छ । शनिबार साँझ उपप्रमुख श्रेष्ठले न्यूज समयसँग कुरा गर्दै भूकम्पमा परी हराइरहेकोहरुको अबिलम्ब खोजी र उद्धार गर्न नेपाल सरकार, स्थानीय सरकार तथा प्रशासनको ध्यानाकर्षणसमेत गर्नु भएको छ ।

चन्द्रागिरि नगरपालिका भवन

उहाँले दैविक विपत्तिमा परेर घाइते हुनुभएकाहरुको शीर्घ स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ । उहाँले यति ठूलो विपत्तिमा परेका पीडितहरुका लागि चन्द्रागिरि नगरपालिकाले अविलम्ब राहतको प्याकेजसाथ सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्ति गर्नुभउको छ ।

काठमाडौं उपत्यका प्रवेशद्वारको नगरले आहातमा परेका नेपालीलाई जतिसक्दो चाँडो, छिटो र उपयुक्त सहयोगको विशेष प्याकेजको निर्णय गर्ने जानकारी दिनुभयो ।

शुक्रबार राति ११ः४७ मा जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले अहिलेसम्म १ सय ४३ जनाको ज्यान गइसकेको छ । यस्तै भूकम्पमा परी झण्डै २ सय जना घाइते भएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*