२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजनाको शव फेला

काठमाडौंको सीतापाइलामा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला पर्नेहरुमा ३९ वर्षीया इश्वरी श्रेष्ठ, आठ वर्षीया अनिषा श्रेष्ठ र दुई वर्षीया शिवानी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
उनिहरु बस्दै आएको कोठामा तीन जनाको शव भेटिएको भन्दै उनिहरुको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
मृतक महिलाको श्रीमान् अहिले फरार रहेकोे ले पनि घटना संकास्पद रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।
घटनबारे प्रहरीले अनुसन्धान थालेको पनि प्रवक्ता रेग्मीले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*