२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

घट्ने भयो पेट्रोलियम पदार्थको मूल्य

प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न निर्देशन दिएका छन् ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेकाले सोहि बमोजिम नेपालमा पनि मूल्य समायोजन गर्न बाणिज्य तथा अपूर्ति सचिवलाई प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेपनि १८ अर्ब बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै नेपाल आयल निगमले मूल्य घटाएको थिएन् ।
मूल्य घटाउन निगमलाई चौतर्फि दवाव परेपनि सुनुवाई नगरेको यस समयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्रधानमन्त्री दाहालले जनताले प्रत्यक्ष रुपमा राहतको अनुभूति गर्ने गरी पेट्रोल, डिजेल तथा हवाई इन्धनमा मूल्य घटाउन निर्देशन दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*