२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला र उद्योग बाणिज्य तथा आपूर्तिमा बढू नियुक्त

अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले बन्दीलाई आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गरेकी हुन् ।
नेकपा (एकिकृत समाजबादी) निकट मानिने बन्दी गैरसांसद हुन् । उनि अन्तर्राष्ट्रिय कानुनका ज्ञाताका रूपमा चिनिन्छन् ।


त्यस्तै राष्ट्रपति भण्डारीले आजै दिलेन्द्रप्रसाद बढूलाई उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेकी छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका बढूलाई प्रधानमन्त्री शेरबहादुर देउबाको शिफारिसमा उक्त मन्त्रालयमा नियुक्त गरिएको हो ।
यस अघि प्रधानमन्त्री देउवाले उद्योग बाणिज्य तथा आपूर्ति र रक्षा मन्त्रालय आफैले सम्हाल्दै आएका थिए ।
बन्दी र बढू दुवैले आजै शपथ ग्रहण गरि मन्त्रालय सम्हालेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*