२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

गठबन्धनको बैठक सम्पन्न, आफ्ना उमेदवारलाई बिजयी गराउन आव्हान

पाँच दलिय गठबन्धनले आफ्ना उमेदवारलाई अमूल्य मत दिइए विजयी गराउन आव्हान गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बैठकले गठबन्दका उमेदवारलाई जिताउन उत्साहजनक सहभागिताका लागि अपिल गरेका हुन् ।
काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, नेकपा एकिकृत समाजवादीका झलनाथ खनाल, जनता समाजवादीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पैडेलद्वारा संयुक्त अपिल पत्र जारी गर्दै वठबन्धनका उमेदवारलाई जिताउन आव्हान गरेका हुन् ।
अपिल पत्रमा बिगतका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गरेको उल्लेख छ ।
बैठकमा पाँचदलले लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रता पूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्ने प्रतिबद्धा समेत जाहेर गरेका छन् ।
चुनावी तालमेलका लागि थप छलफल गर्न गठबन्धनको अर्को बैठक मंगलबार दिउँसो ४ बस्ने समेत सहमती भएको नेताहरुले बताएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*