२३ बैशाख २०८१, आईतवार  |  5 May 2024,Sunday
Ad

स्थानिय तह निर्वाचनको तयारी र अनुगमन समितिको नेतृत्वको जिम्मा बरिष्ठ नेता पौडेललाई

सत्ता गठबन्धनको आज बसेको बैठकले आसन्न स्थानिय तह निर्वाचनको तयारी र अनुगमन समितिको नेतृत्व गर्ने जिम्मा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई दिएको छ ।

बालुवाटारमा बसेको गठबन्धन बैठकले स्थानीय चुनावका लागि बरिष्ठ नेता पौडेको नेर्तत्वमा छुट्टै समिति गठन गरेर चुनाबको तयारी तथा अनुगमन गर्ने जिम्मा दिएको हो ।
समितिको सदस्यमा कांग्रेसबाट महामन्त्री गगन कुमार थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन् । यस्तै माओवादी केन्द्रबाट नेता वर्षमान पुन र देवप्रसाद गुरूङ, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी समितिको सदस्य रहने छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायत नेता सहभागी थिए ।
त्यस अवसरमा प्रधानमन्त्री देउवाले भारत भ्रमणको समिक्षा र भएका उपलव्धिमुलक सफलाका बारेमा ब्रिफिङ्ग गरेका थिए ।
त्यस्तै सत्ता गठबन्धनको बैठकमा हाल देशको अर्थतन्त्रको अवस्थाका बारेमा पनि छलफल भएको छ ।
छलफलमा दलका नेताहरुले दिएको सल्लाह अनुसार सरकारले अर्थविद, योजनाविद, राजनीतिक दल, तथा सरोकारवाल निकाए संग छलफल गरेर नेपाली अर्थतन्त्रलाई कसरी सुुधार्ने भन्ने बारेमा बृहत क्षलफल गर्ने निर्णय पनि भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*