२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

गायक चलाउनेको अर्को धमाका झमझम झम्कना, २६ दिनमा झण्डै ७८ लाखले हेरे

लोक दोहोरी क्षेत्रका उदयमान गायक भागिरथ चलाउनेको झमझम झम्कनानेले नेपाली साँगितिक बजार फेरी तताएको छ ।
हरेक बर्ष उत्कृठ गीत नेपाली श्रोतामाझ ल्याउँदै आएका गायक चलाउने हिन्दु नारीहरुको महान चाड तिजको पूर्व सन्ध्यामा ल्याएको यो झमझम झम्कना गीत निकै चर्तित बनेको छ ।
बमबहादुर गाहा मगरले लेखेको यो गीतमा स्वर भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको रहेको छ भने लय संगीत स्वयं गायक चलाउनेले आफै भरेका हुन् ।


नेपाली समाजमा भिज्ने खालको उत्कृष्ठ शव्द रहेको यो गीतमा गीता ढुंगाना संग गायक चलाउने आफैले अभिनय गरेका छन् । चर्चित कोरियो ग्राफर तथा निर्देशक प्रकाश भट्टले डाईरेक्शन गरेको यो गीतको म्यूजिक भिडियो समेत उत्कृष्ठ बनेको छ ।
जुलाई ७ अर्थात आषाढ २३ गते गायक चलाउनेको आफ्नै यूट्युब च्यानलबाट सार्वजकि भएको यो गीत आज श्रावण १६ गते २६ दिन भित्र ७७ लाख ३८ हजार ३६७ जनाले हेरेका छन् ।
सानै उमेरमा नेपाली गीत संगितमा राम्रो पहिचाहन बनाएका गायक चलाउने नेपाली गीत संगितका पारखी दाजुभाई दिदि बहिनीले अफ्नो कलालाई निरन्तर मन पराई दिएकैले आफ्नो हौसल्ला बढेको बताउँछन् ।
नेपाली गीत संगितमा अझै थुप्रै गर्न बाँकी रहेको भन्दै दर्शक श्रोताको भावना र चाहाना अनुसारको गीत बजारमा ल्याउन दिनरात खटिरहेको बताउँछन् ।
गायक चलाउनेका यसअघि थोपडाले धोका दियो बरिलै, फलाम पिटे तरवार, रातहेर्दै टोलाउँछु जस्ता चर्चित लोक तथा दोहोरी गीतहरुले नेपाली साँगितिक बजार पिटी सकेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*