१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

काठमाडौं लगायत देशै भरि मौसम बदलीसँगै फेरी वर्षा हुने

११, चैत, काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावले मौसम बदलीसँगै सोमबार (आज) बाट काठमाडौं लगाएत नेपालका केही स्थान र पहाडी क्षेत्रका बिभिन्न स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।
दिउँसो नेपालको पश्चिमी क्षेत्रमा यसको प्रभाव देखिने र बेलुकी पखबाट मध्य र पूर्वी भू–भागको मौसम पनि क्रमशः प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको नगरकोटीले जनाए ।
प्रि–मनसुनको समय भएकाले वर्षा लामो समयसम्म नहुने र छिनमै मौसम परिवर्तन हुने बताइएको छ । राति देशका पहाडी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।
त्यस्तै उच्च पहाडी भेगका केही स्थानमा र हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*