८ बैशाख २०८१, शनिबार  |  20 April 2024,Saturday
Ad

अबकास लिए प्रमुख निर्वाचन आयुक्त यादवले आयोगबाट

१०, चैत्र, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आयोगबाट आइतबार (आज) अवकाश लिएका छन् ।
प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका प्रमुख निर्वाचन आयुक्त यादवले (आज) बाट अवकाश पाएका हुन् ।
२०६३ सालयता २ कार्यकाल सम्हालेका यादवलाई निर्वाचनको कार्यालय कान्तिपथमा एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ ।
विदाई कार्यक्रममा बोल्दै यादवले ११ महिना भित्र संघ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूले गौरव महसुस गरेको बताए ।
लोकतन्त्रको सवलीकरणका लागि इमान्दारिताका साथ आफ्नो संवैधानिक दायित्व पूरा गर्न निर्वाचन आयोग सधैं सफल हुने उनको धारण थियो ।
आम निर्वाचन लगायतका सबै निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्न निर्वाचन कानुनमै निर्वाचनको मितिसहितको कार्यतालिका तय हुनुपर्ने उनको तर्क थियो ।
अब यादवको अवकाशसँगै कार्यबहाक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगकी आयुक्त इला शर्माले सम्हाल्ने बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*