१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

कांग्रेस नेताहरुद्धारा कानुनविद्संग छलफल


नेपाली काग्रेसका नेताहरुले मुलुकमा उत्पन्न संवैधानिक संकटका बारेमा कानुनविद्हरुसंग छलफल गरेका छन् । कांग्रेस नेताहरु डा शेखर कोइराला, दिपक गिरी, रामकृष्ण यादव, गगन थापा, बद्री पाण्डे र जिवन परियार लगायतका नेताहरुले वरिष्ठ कानुनविद्हरुसंग छलफल गरेका हुन् ।

छलफलमा कानुनबिदहरू राधेश्याम अधिकारी, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, महादेव यादव, बसन्तराम भण्डारी, डा भिमार्जुन आचार्य, रामकृष्ण तिमल्सिना, योगेन्द्र अधिकारी, सुनील पोख्रेल र एकराज पोख्रेल सहभागी थिए ।

उनीहरुले आज बस्न लागेको पार्टीको केन्द्रीय समितिको बैठक अगाडि कानुनविद्हरुसंग छलफल गरेका हुन् । कांग्रेसको केन्द्रीय समितिको बैठक आजै दिउसो १ वजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

नेताहरुले कानुनविद्हरुले बर्तमान संकटका बारेमा दिएको सुझाव केन्द्रीय समितिको बैठकमा राख्ने बताएका छन्

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*