१५ चैत्र २०८०, बिहीबार  |  28 March 2024,Thursday
Ad

सभामुखलाई संसद बोलाउन आग्रह गर्ने जसपाको निर्णय

जनता समाजवादी पार्टी जसपाले संसद अधिवेशन आह्वान गर्न प्रतिनिधिसभाका सभामखुलाई आग्रह गर्ने निर्णय गरेको छ। जसपाको केन्द्रीय कार्यकारीणी समिति बैठकले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन गैर संवैधानिक भएकाले संसद जिवितै रहेको ठहर गदै उनीहरुले यस्तो आग्रह गर्ने निर्णय गरेको हो।

जसपाले संसदको विषेशाधिकार प्रयोग गर्दै संसदको बैठक बोलाउन माग गरेको हो । प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक सुरु गर्न आग्रह गर्ने निर्णय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताए।

जसपाले प्रतिनिधिसभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ। जस अनुसार पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौँमा कन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*