२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

एसएमएसमा प्राप्त पीएनआर नम्बर देखाएर त्रिभुवन बिमानस्थलमा प्रबेश नपाईने

त्रिभुवन बिमानस्थलको आन्तरिक टर्मिनल भित्र प्रवेशका लागि चाहिने टिकटको प्रकृयामा त्रिभुवन बिमान स्थालले केहि परिवर्तन गरेको छ ।
यात्रुहरुले टर्मिनल भित्र प्रवेश गर्दा चाहिने टिकट प्रिन्ट गरिएको वा डिजिटल टिकट भए मात्र भित्र प्रवेश पाउने व्यवस्था लागु गरेको हो ।
एसएमएसमा प्राप्त पीएनआर नम्बर देखाएर प्रवेश गर्ने व्यवस्थालाई हटाएर प्रिन्ट वा डिजिटर टिकट अनिवार्य चाहिने व्यवस्था गरिएको त्रिभुवन विमानस्थलका प्रबक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
सोमवार त्रिभुवन विमानस्थल प्रशासन, सुरक्षा निकाय तथा विमान कम्पनीबीच भएको बैठकले यस्तो निर्णय गर्दै आउने समस्यालाई निराकरण गर्न यस्तो व्यवस्था लागु गरिएको समेत प्रबक्ता सिटौलाले बताए ।
तर यो व्यवस्था भने बिहिबार देखि मात्र लागु हुने छ ।
यस अघि पुरानो एसएमएसमा प्राप्त पीएनआर नम्बर देखार यात्रु छोड्न आएका मानिसहरु पनि टर्मिनल भित्र प्रबेश गरेको सूचनाका आधारमा बिमानस्थलले यस्तो नियम लागु गरेको बताईएको छ ।
उपत्यका बाहिरका बिमानस्थलमा भने यो व्यवस्था लागु नहुने पनि प्रबक्ता सिटौलाले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*