१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा बेलुका ९ बजे देखि मतदान हुदै

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि आज बेलुकी ९ बजे देखि मतदान हुने भएको छ ।

चितवनको सौराहामा जारी महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अगाडी सारेको सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचनको प्रर्कया अगाडी बढेको हो ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा केपी शर्मा ओली र भिम रावल बीच प्रतिशप्रधा हुने भएको छ ।

त्यस्तै ६ पदको उपाध्यक्षमा ७ जनाले प्रतिशप्रर्धा गदैछन् । प्रतिशप्रर्धामा घनश्याम भुसाल, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मि शाक्य, रामबहादुर थापा, शुरेन्द्र पाण्डे, बिष्णु पौडेल र युवराज ज्ञवाली बिच उपाध्यक्ष पदका लागि प्रतिशपर्धा हुने छ ।

त्यस्तै ७ जनाको सचिव पदमा ९ जनाले प्रतिशप्रर्धा गर्दै छन् । सचिवमा भिड्नेहरुमा योगेस भट्टराई, गोकर्ण बिष्ट, भिम आचार्य, क्षविलाल बिश्वकर्मा, रघुवीर महाशेठ, पद्मा अर्याल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, र टंक कार्की रहेका छन् ।

यि मुख्य पदमा हुने प्रतिशप्रर्धालाई बिशेष चाखका साथ हेरिएको छ ।
अन्य बरिष्ठ उपाध्यक्ष तथा महासचिव पदकालागि सर्वसम्मत भइसकेको छ ।

भोलि बिहान ३ बजे सम्म हुने मतदनमा ७२ वटा इलेक्ट्रोनिक भोटिङ मेशिनको प्रयोग हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन लगत्तै सुरु गरिने मत गणनाको परिनाम बिहान सम्म आई सक्ने बताईएको छ ।
चितवको सौराहामा जारी महाधिवेशनमा देश भरिबाट २ हजार २८७ जना प्रतिनिधि सहभागी भएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*