२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

एमसीसी टेबल गर्ने तैयारी भए पछि काठमाडौं लगायत देशै भर प्रदर्शन

प्रतिनीधि सभा बैठकमा एमसीसी टेबल गर्ने तैयारी भए पछि काठमाडौं लगाएत देशभर प्रदर्शन सुरु भएको छ ।
नेकपा (माओवादी केन्द्र) तथा एकीकृत समावादीका भ्रातृ संगठनले काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् ।
नयाँबानेश्वरको निषेधित क्षेत्रमा उनिहरुले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर प्रदर्शन कारिलाई तित्रबितर पारेको छ ।
आज बुधबार बस्ने संसदको बैठकमा एमसीसी टेबल गर्ने तैयारी भए पछि विप्लव नेतृत्वको नेकपा सहितका केहि दलहरुले एमसीसीको विरुद्धमा नेपाल बन्दको आव्हान गरेका छन् ।
बन्द आव्हानको काठमाडौं उपत्यका बाहेकका केहि जिल्लाहरुमा प्रभाव परेको छ । वन्द कर्ताहरुले तोडफोड तथा आगजनी गर्न थाले पछि प्रहरीले बिभिन्न स्थानबाट बन्द गराउँदै हिडेकालाई नियन्त्रनमा लिएको छ ।
यस अघि माओवादी केन्द्र संसदीय दलको बैठकले एमसीसी विरुद्ध उभिने औपचारिक निर्णय गरे पछि उ लागायत केही दलका भ्रातृ संगठनहरुले आज देश भर प्रदर्शन तथा जुलुस निकालेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*