२८ बैशाख २०८१, शुक्रबार  |  10 May 2024,Friday
Ad

एनआरएनएको उपमहासचिवमा सिटौलाको बलियो दाबेदारी

गैरआवासीय नेपाली संघ एनआरएनएको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा प्रमोद सिटौलाले उम्मेदवार बन्ने भएका छन् । आगामी महिना हुने महाधिवेशनका लागि वर्तमान कार्यसमितिमा सचिव रहेका सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सिटौलाले एनआरएनएको सचिवालय व्यवस्थित गर्नका लागि आफ्नो पहल हुने बताएउदै स्मार्ट एनआएनएको अवधारणालाई अझ सफल बनाउनका लागि र सबैलाई साथमा लिएर साख बढाउने काम गर्ने स्पष्ट पारेका छन् । झापा कनकाई नगरपालिका वाड १ स्थायी घर भई बिगत २० बर्षदेखि अमेरीकामा बसोबास गरेको सिटौला अन्तराष्ट्रिय झापाली समाजको पुर्व उपध्याक्षय तथा हालका सल्लाकार पनि हुन् ।

नेपाली जनसम्पर्क समितिका नेता सिटौलालाई अमेरिकामा मात्र नभएर विश्वभर समाजसेवी, मिलनसार, स्पष्टवक्ता, हक्की स्वभावका गैरआवासिय नेपाली नेताका रुपमा चिन्ने गर्दछन् । नेपाली कांग्रेसका पूर्वमहाधिबेशन प्रतिनिधि समेत रहेका सिटौला झापा जिल्लाबाट एनआरएनए आईसीसीको उच्च पदका एकमात्र उमेदवार हुन् । गैरआवासीय नेपाली संघमा झापालीहरूको ठूलो प्रभाब छ । झण्डै ३५० भन्दा माथि प्रतिनिधिहरू झापाली रहेको बताइएको छ ।

त्यतीमात्र नभएर सिटौलालाई आम गैरआवासीय नेपालीहरूले स्वतन्त्र एनआरएनए अभियान्ताका रुपमा लिने गर्दछन् । सिटौलाले आफ्नो जीतको आधार भनेको । संसारभर छरिएर बसेका धेरै गैरआवासिय नेपालीहरूको माया र सदभावसँगै सहयोग र समर्थन भएको बताउदै आएका छन् । उनले आफुले विगतमा गरेका कामका कारण गैरआवासीय नेपालीहरूले सदासयता देखाएको बताएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*