५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

सामाजिक सुरक्षा र जीवन उपयोगी कामलाई महत्व दिदै अशोक कार्कीले ल्याए लिखुको नीति कार्यक्रम

ओखलढुंगाको लिखु गाउपालिका अध्यक्ष एंव कांग्रेस नेता अशोक कार्कीले सामाजिक सुरक्षालाई विशेष महत्व दिएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गरेका छन् । अध्यक्ष कार्कीले सुत्केरी र गर्भवति महिलाको उपचारका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने घोषणा गरेका छन् ।

साथै स्वास्थ्य संस्थाबाट विषेशज्ञ चिकित्सकसहितको सेवा प्रदान गर्ने, महिला तथा सुत्कोरीको स्वास्थ्य उपचारका लागि कोष खडा गर्ने, लैंगिक हिँसा पिडित संरक्षणका लागि कोष गर्ने, स्थानिय पाठ्यक्रम निर्माण गर्ने, विद्यालय कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताको लागि ७ हजार तलब बृद्धि गर्ने, एसईइ र कक्षा १२ को परिक्षा दिएका विद्यार्थीका लागि छोटो अवधीको जिवन उपयोगी प्राविधिक सीप प्रदान गर्ने लगायतका कार्यक्रम अगाडि सारिएको छ ।

त्यस्तै सरकारी विद्यालयको गुणस्तर सुधार गर्ने, कृषि उत्पादन बृद्धि गर्न उत्पादनमा अनुदान दिने, संघ र प्रदेश सरकारको समन्वयमा वडा नम्बर १ को राङचे देखि वडा नम्बर ९ को माहुरेदेवी सम्मको सडकको स्तरोन्ती गरी कालोपत्रे गर्ने पनि नीति तथा कार्यक्रममा अध्यक्ष कार्कीले समावेश गरेका छन् ।

गाउपालिका क्षेत्रका सडकको स्तरोन्ती गर्ने, स्वच्छ पिउने पानीका लागि एक घर एक धारा सञ्चालन गर्ने, गाउपालिका क्षेत्रमा विद्युतिकरण गर्ने, वन तथा वातवरणको क्षेत्रमा हरियाली संरक्षणका निमित्त एक विद्यार्थी एक विरुवा, एक एक नागरिक एक विरुवा कार्यक्रम सञ्चालन गर्ने लगायतका थुप्रै जनमुखी कार्यक्रमहरुको प्रस्ताव गरिएको बताइएको छ । कार्यक्रममा उपाध्यक्ष अस्मिता थापाले ४७ करोड ८१ लाख ३३ हजार ८ सय ३१ रुपायाँको प्रस्तावित बजेट पेश गरेको बताइएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*