२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

इमरान खानलाई १० वर्षको जेल सजाय


पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० बर्ष जेल सजाय तोकिएको छ ।
राज्यको गोप्य विषय चुहावट गरेको अभियोगमा पाकिस्तानको पन्जाब प्रान्तस्थित रावलपिण्डीको जेलमा स्थापित विशेष अदालतल १० वर्षको जेल सजाय तोकेको हो ।
खान संगै उनका पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि दशैै वर्षको जेल सजाय तोकेको छ ।
कूटनीतिक मामिलासम्बन्धी ‘साइफर केस’ नाम दिइएको यो मुद्दामा उनलाई दोषी ठहर गरी सजाय तोकेको अन्तराष्ट्रिय संचार माध्यम अलजजिराले जनाएको छ ।
अफिसियल सेक्रेट एक्ट’अन्तर्गत स्थापित अदालतले खानलाई अमेरिकाका लागि पाकिस्तानी पूर्व राजदूतले पठाएको गोप्य कागजातको दुरुपयोग गरेको आरोप छ ।
तर खानले यो राजनीतिक आरोप मात्र रहेको बताएका छन् । चुनाव नजिकिरहेका वेला विपक्षिको रणनीति भएको बताएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*