२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

इमरान खानलाई आगामी ५ वर्ष चुनाव लड्न वञ्चित

क्रिकेट जीवनपछि राजनीतिमा आएका इमरान खानले आगामी ५ वर्ष कुनै पनि निर्वाचनमा उम्मेदवारी दिन नपाउने भएका छन् । पाकिस्तानी पूर्व प्रधानमन्त्री खानलाई यससम्बन्धी बन्देज निर्वाचन आयोगले लगाएको हो ।

पाकिस्तानी निर्वाचन आयोगले अगष्ट ८ मा एक सूचना जारी गर्दै इमरानलाई पाँच वर्षसम्म कुनै पनि चुनाव लड्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । उनीमाथि लामो समय जेल सजाय तोकिएको छ ।

उनले प्रधानमन्त्रीमा बहाल हुँदा प्राप्त गरेका महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोप लगाइएको थियो । सो आरोप पुष्टि गर्दै अदालतले ५ अगस्टमा तीन वर्षको जेल सजाय तोकेको छ । उनी अहिले पनि जेल सजाय भुक्तान गरिरहेका छन् ।

पाकिस्तान तहरीक ए इन्साफ पार्टीका नेता खान सन् २०१८ को मेमा प्रधानमन्त्री बनेका थिए । उनीविरुद्ध संसदले अविश्वास प्रस्ताव पारित गरेपछि २०२२ अप्रिलमा पदबाट मुक्त भएका थिए ।

हाल प्रधानमन्त्री शहबाज शरिफ सत्तामा आएपछि इमरानविरुद्ध १०० भन्दा बढी आरोपमा मुद्दा दायर गरिएको थियो । खानले भने आफूमाथि लागेका आरोपको खण्डन गर्दै ती सबै राजनीति प्रेरित भएको बताएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*