२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

इजरायली बमबारीमा २५ जना प्यालेस्टिनीको ज्यान गयो

इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको छ ।

प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले जनाए अनुसार दक्षिणी गाजा पट्टी शहर रफाहस्थित एक घरमा इजरायली सेनाले बमबारी गर्दा दर्जनौ घाईते भएका छन् ।

आक्रमणमा परेको उक्त घरमा विस्थापितहरु बसेको बताईएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको सबैभन्दा दक्षिणी शहर रफाहमा सैन्य कारबाहीका लागि योजना बनाउन सेनालाई निर्देशन दिएको अनुमान छ ।

इजरायली सेनाले केही हप्ताअघि रफाहसँग जोडिएको खान युनिसमा गरेको सबैभन्दा ठूलो आक्रमण गरेको थियो ।
उक्त आक्रमण पछी त्यस क्षेत्रबाट विस्थापित हुनेको सङ्ख्या बढेको समेत बताईएको छ ।

रफाह क्रसिङमार्फत विदेशी मुलुक र संयुक्त राष्ट्रसङ्घका निकायबाट खाद्यान्न र औषधि सहायता प्राप्त गर्ने सीमावर्ती सहर खाली कृषि भूमि, विद्यालय र सडक किनारमा टेन्टले भरिएको छ । एएफपी

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*