५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

दमौली बजारमा भीषण आगलागी

तनहुँको दमौलीमा भीषण आगलागी भएको छ ।
दमौली बजारको भूपाल हार्डवेयरमा भीषण आगलागी भएको प्रहरी जनाएको छ ।
प्लाइउड, प्लास्टिकका सामान र रङ्ग भण्डारण गरिएको हार्डवेरको गोदमबाट फैलिएको आगो स्थानीयका सातवटा घरमा पनि सल्किएको प्रहरीको भनाई छ ।
आगो नियन्त्रण बाहिर भए पछि काठमाडौंबाट पानी सहितको हेलिकप्टर पठाईएको छ । त्यस्तै लमजुङ, पोखरा लागाएतका बिभिन्न स्थानबाट पनि दमकल मगाइएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए ।
बिद्युत सर्ट भएर आगलागि भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
अहिले त्यस क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रको प्रयास गरिरहेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*