२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

आधुनिक गीत प्रतियोगितामा संगीतकार ज्योति प्रकाश प्रथम भए

रेडियो नेपालले ७४ औं बार्षीक उत्सवको अवसरका आयोजना गरको आधुनिक गीत प्रतियोगितामा संगीतकार ज्योति प्रकाश प्रथम भएका छन् ।
आधुनिक संगीत विधामा देश भरका ७४ संगीकारहरुले प्रतिशप्रर्धा गरेको प्रतियोगितमा सवैलाई उछिन्दै ज्योति प्रकाश प्रथम स्थान हाँसिल गर्न सफल भएका हुन् ।
सुमि सिंहले लेखेको “भन्नलाई त सजिलो छ” भन्ने बोलको गीतमा संगीत भरेका ज्योतिले प्रतियोगितामा गीत आफै गाएर सुनाएका थिए ।
प्रथम भएका ज्योतिलाई सूचना संचार तथा प्रविधी मन्त्री रेखा शर्माले नगद रु २५ हजार र प्रमाण पत्रले सम्मान गरेकी थिईन् ।
चित्रकलामा विद्याबारिधी गर्दै गरेका ज्योति प्रकाश आधुनिक विधाको गायन तथा शव्द लेखनमा पनि उत्तिकै दख्खल राख्दछन् ।
सानै उमेर देखि चित्र कला तथा नेपाली गीत संगीतमा रुचि राख्ने ज्योतिले दर्जनौ आधुनीक गीत नेपाली सांगीत प्रमि स्रोतालाई दिएका छन् ।
उनले भरेको संगीतमा कलाकार तथा गायक मुरलिधर, उदय सोताङ, मनिला सोताङ, रामकृष्ण ढकाल, शिशिर योगी, अञ्जु पन्त जस्ता चर्चित गायकले स्वर दिएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*