२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्रबैंक


नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति पारित गर्नका लागि आइतबार बिहान राष्ट्रबैंक सञ्चालक समितिको बैठक डाकिएको छ ।

सञ्चालक समितिले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आइतबार अपरान्ह मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्रबैंक स्रोतले जनाएको छ । राष्ट्रबैंकमाथि अघिल्ला आर्थिक वर्षहरुको भन्दा खुकुलो मौद्रिक नीति ल्याउन राजनीतिक तथा निजी क्षेत्रको दबाव रहेको छ ।

तर, राष्ट्रबैंक भने आर्थिक तथ्यांक र देशको आवश्यकता अनुसारको मौद्रिक नीति ल्याउने अडानमा रहेको छ । अर्थतन्त्र चलायमान बनाउने नामा अर्थतन्त्र समस्यामा नफसोस भन्नेमा सचेत रहेर मौद्रिक नीति आउने राष्ट्रबैंक स्रोतको भनाइ छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*