२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल

प्रतिनिधि सभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ । बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेठमाथि छलफल हुने कार्यसूची छ । सचिवालयले मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीहरूलाई जवाफ दिन दुई दिनको समय उपलब्ध गराउने भएको छ । जवाफ दिने दिन यही २६ र २७ जेठ तोकिएको छ । मन्त्रीहरूको जवाफपछि बजेट पारित हुनेछ ।

अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ मा संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । यसपालिको बजेट चुनावमुखी ल्याइएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले चर्को विरोध गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*