२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

आकाशियो पेट्रोलिम पदार्थको भाउ (निगमको पत्रसहित)

बजार मूल्य बढिरहेको बेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पनि ह्वात्तै बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी बढाइएको भाउमा सर्वसाधारणले प्रयोग गर्नेमा अध्यधिक वृद्धि गरेको हो ।

निगमद्वारा जारी दरभाउपत्रमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले बढेको छ ।

मूल्य वृद्धिसँगै अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १७५.५, दोस्रोमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी सर्वसाधारणले प्रयोग गर्ने डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १६४.५, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ पुगेको छ ।

मूल्य वृद्धि हुनुमा आयल निगमले इण्डियन आयल कार्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ३.८५ र ११.२५ रुपैयाँ बढाएर पठाएकोले नेपालमा पनि वृद्धि गर्नु परेको जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*