२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

अमेरिकाले नेपाललाई झण्डै८० करोड डलर सहयोग गर्दै

संयुक्त राज्य अमेरिकाले नेपाललाई ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।
सरकारको नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने लक्ष्यलाई सघाउन भन्दै अमेरिकाले उक्त परिमाणको रकम सहयोग गर्न लागेको हो ।
अर्थ मन्त्रालयमा बिहिबार आयोजित एक कार्यक्रममा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल र अन्तराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी का निर्देशक सेपिदेह केवंशदले सहयोग पत्रमा हस्ताक्षर गरेका छन् ।
झण्डै पाँच बर्ष सम्म संचालनहुने यस सहायता सम्झौता रकम गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा उपयोग गरिने अर्थमन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यस सहायता रकमलाई नेपाल सरकारको बजेट प्रणाली अन्र्तगतको रातो पुस्तकमा प्रकाशन गरेर कार्यान्वयनमा ल्याईने छ ।
दुई देश बीचको यस सहायता सम्झौताले नेपालको सामाजिक र आर्थिक विकासम महत्वपूर्ण योगदान पुग्ने बिश्वस लिईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*