२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

अनवर–उल–हक काकर पाकिस्तानी कामचलाउ प्रधानमन्त्री

प्रधानमन्त्री शहबाज शरिफ नेतृत्व मन्त्रिपरिषदले संसद विघटन गरेसँगै रिक्त रहेको पाकिस्तानी प्रधानमन्त्रीमा अनवर–उल–हक काकर नियुक्त भएका छन् । राष्ट्रपति आरिफ अल्वीले काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेसँगै उनलाई ९० दिनभित्र संसदीय चुनाव गराउने जिम्मेवारी आएको छ ।

राष्ट्रपतिले काकरलाई पाकिस्तानको संविधानको धारा २२४ (१ ए) बमोजिम चुनावी सरकारको प्रधानमन्त्रीका रुपमा स्वीकृति दिएको हो । अब उनले तीन महिनाभित्रै निर्वाचन गराउनुपर्ने छ । काकरको नियुक्तिमा विपक्षी दलको समेत सहमति रहेको छ ।

काकरका चयनमा निवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार छलफल भएको थियो । उनीहरुबीचमा सहमति जुटेपछि नयाँ कामचलाउ सरकार गठन समभव भएको हो ।

ककर २०१८ मार्च देखि पाकिस्तानी सिनेट सदस्यका रुपमा रहेका छन् । उतिबेला काकरले पाकिस्तानी सिनेटको चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हासिल गरेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*