२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

अधिकांश बैंकहरुले बढाए ब्याजदर

भोलि भदौ १ गतेबाट नेपालका अधिकांश वाणिज्य बैंकहरु ब्याजदर बढाउने भएका छन् । नयाँ निक्षेपमा ब्याजदर बढाएको आज एक विज्ञप्ति जारी गरी सार्वजनिक गरेका हुन् । जसअनुसार १२ वटा वाणिज्य बैंकको ब्याजदर बढेको देखाइएको छ ।

लामो समयदेखि लागू गर्दै आएको भद्र सहमति वाणिज्य बैंकहरुले साउनमा तोडेसँगै ब्याजदर आ आफ्नै तरिकाले निर्धारण गरेका हुन् । जसमा निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार बैंकहरुले भदौका लागि नयाँ ब्याजदर निर्धारण गरेको छन् ।

केही बैंकहरुले भने मुद्दती निक्षेपको ब्याजदरमात्र अघिल्लो महिनाको तुलनामा बढाएका छन् । केही बैंकले ब्याजदर घटाएका पनि छन् । जसअनुसार ४ वटा बैंकले ब्याज घटाएका छन् । अरु चार बैंकले भने साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

अहिले सबैभन्दा बढी ब्याज दिनेमा ग्लोबल आर्इएमर्इ बैंक, एनआर्इसी एसिया, नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र कृषि विकास बैंक छन् । यी बैंकले भदौका लागि मुद्दती निक्षेपमा १०.८९६ तोकेका छन् ।

प्राइम कर्मसियल बैंकले भने साढे १० प्रतिशत ब्याजदर तोकेको छ । एनआर्इसी एसियाले साउनको तुलनामा ०.०३ प्रतिशतले ब्याज घटाएको हो । त्यस्तै प्राइम बैंकले पनि नगन्जमात्रमा ब्याजदर घटाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*