जर्मनीमा कन्जरभेटिभ सीडीयू पार्टी संसदको सबैभन्दा ठूलो दल

न्यूज समय

काठमाडौँ । जर्मनीमा भएको आम चुनावमा कन्जरभेटिभ सीडीयू पार्टी संसदको सबैभन्दा ठूलो दल बनेको छ । यो पार्टीले सबैभन्दा धेरै २८.६ प्रतिशत मत पाएको छ ।

चुनावी नतिजामा, अल्टरनेटिभ फर जर्मनी पार्टी एएफडी दोस्रो र सोसल डेमोक्रेटिक पार्टी तेस्रो स्थानमा आएको छ ।

जर्मनीमा सीडीयूरसीएसयू पार्टीका नेता फ्रिड्रिख मर्त्जले आज आफ्नो पार्टीले उत्सव मनाइरहेको र अबका दिनमा काम गर्ने बताएका छन् ।