सांसद प्रसाईंले गराइन झापाका जनता हात्ती आतंकबाट जिउधन रक्षाका लागि सरकारको ध्यानाकर्षण

न्यूज समय

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले झापाका जनता हात्ती आतंकबाट जिउधन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । संघीय संसद् प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद प्रसाईंले आतंकबाट नागरिकले सुरक्षित राख्न याचना गरिरहेको बताइन् ।

उनले भनिन्–‘झापा जिल्लाका वडावडामा यतिबेला हात्ती आतंक छ । बुद्धशान्ति नगरपालिकामा त घरघरमा आक्रमण गरेर घरभित्र राखेका धानको बोरा फालिदिएको छ । जनता हात्तीबाट असुरक्षित हुँदा मर्निङवाकमा समेत निस्किन सकेका छैनन् । जनताले राखेको ढुकुटीको धनसमेत सुरक्षित भएन ।’

उनले शान्ति सुरक्षा दिने दायित्वबाट नपन्छिन सरकारको ध्यानकर्षण गराइन् । प्रसाईले भनिन्–‘जनताको धनजनको संरक्षणका लागि शान्ति सुरक्षाको माग गर्दछु ।’