काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो ।
सभामुख देवराज घिमिरेले कार्यसूची प्रस्तुत गरिरहँदा रास्वपाका सांसदहरू उभिएका छन् । उनीहरूले धारणा राख्नका लागि समय मागेका छन् । सभामुखले पटक पटक दलीय आधारमा समय निर्धारण गरेकाले बसिदिन आग्रह गरिरहेका छन् ।
उनले दलीय आधारबाट तय भएको समयमा नै धारणा राख्न आग्रह गरेका छन् । संसद्को हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । आजको बैठकमा शीर्ष नेताहरूले धारणा राख्ने कार्यसूची तय भएको छ ।
न्यूज समय
१८ माघ, २०८१, शुक्रबार ००:००