प्रधानमन्त्री ओलीले बोलाए सरकारमा रहेका दलकाे बैठक

न्यूज समय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सरकारमा रहेका राजनीतिक दलहरूको बैठक सोमबार बस्दैछ ।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको छ । बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ ।

सत्तापक्षमा हाल एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, नाउपा र जनमत पार्टी रहेका छन् । माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।