काठमाडौ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ।
अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म हुनेछ।
दुई हजार ३९८ जना प्रतिनिधिले ३३ पदाधिकारीसहित ३१२ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। अध्यक्षका लागि सातजनको उमेदवारी परेकामा ५ जनाको उमेदवारी कायम छ ।
जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा छन् ।
न्यूज समय
१२ माघ, २०८१, शनिबार ००:००