काठमाडौ । भारतीय सुरक्षा बलको कारबाहीमा छत्तीसगढमा एक लाख भन्दा बढि डलर टाउकोको मूल्य तोकिएका शीर्ष कमाण्डरसहित कम्तीमा १४ माओवादी विद्रोही मारिएका छन्। मंगलबारको यो घटनालाई गृह मन्त्रालयले हालैको लडाइँंमध्ये सबैभन्दा ठूलो भएको बताएको छ ।
मन्त्रालयले मारिएका कमाण्डर जयराम चलपति भनेर चिनिने नेता भएको जनाएको छ उनको टाउकोको मूल्य एक लाख १५ हजार डलरको इनाम तोकिएको थियो । नयाँ दिल्लीले दशकौँ लामो द्वन्द्व अन्त्य गर्ने प्रयासलाई तीव्र पारेको छ ।
भारतको सीमान्तकृत जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरुका कारण दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा करिब २८७ विद्रोही मारिएका छन्
न्यूज समय
९ माघ, २०८१, बुधबार ००:००