बैंकले क्षमता विकास, सामर्थ्य विकास, प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : अर्थमन्त्री

न्यूज समय


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकको क्षमता विकास, बैंकको सामर्थ्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा कृषि विकास बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा उनले बैंकहरुलाई आफूले लिएका उद्देश्यहरु हासिल गर्ने कुरालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । उनले बैंकको क्षमता विकास, बैंकको सामर्थ्य विकास, बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।

उनले बैंक सबल र प्रभावकारी भए मात्रै बैंकका कर्मचारीहरुको इज्जत माथि उठ्ने र बैंकले नागरिकको विश्वास जित्ने बताए। उनले बैंकका कर्मचारीहरुले पहिलो प्राथमिकता बैंकको उन्नति र प्रगतिलाई दिएर काम गर्न आवश्यक रहेको बताए।

उपप्रधानमन्त्री पौडेलले व्यवस्थापन र कर्मचारीका बीचमा राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको बताए। बैंकको डिपोजिटको अनुपात चिन्ताको विषय रहेको बताए।