हजारको नोट चिनमा छापिने
काठमाडौं । नेपाली एक हजारको नोट चिनमा छापिने भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार एक हजार दरको ३१ करोड थान नोट छपाई तथा डिजाइन चिनमा हुने भएको हो । छपाईको जिम्वेवारी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई दिईएकोे नेपाल राष्ट्र बैंकले जनाएको छ ।
जस अनुसार कर्पोरेसनले ९१ लाख ९० हजार डरलमा नेपाली एक हजारका नोट छापेर नेपाल पठाउँने छ ।
एक हजारको नोट नेपालको सवै भन्दा ठुलो नोट हो ।