प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि मंसिर १३ गते चीन जाँदै परराष्ट्र मन्त्री राणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भम्रणको तयारीका लागि परराष्ट्र मन्त्री आरजु राणा मंसिर र १३ गते चीन जाने भएकी छन् । प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन ।
प्रधानमन्त्री ओली १७ मंसिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जान लागेका हुन् ।
चीनको ठुृला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबिच विवाद कायमै रहेको बेला त्यसको पृष्ठभुमी तयारीका लागि परराष्ट्र मन्त्री राणा पाँच दिन अगावै चीन जान लागेको बुझिएको छ ।