सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश बजराका सम्पर्कमा रहेका व्यक्तिको घरमा छापा

न्यूज समय

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलिले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग सम्पर्कमा रहेका व्यक्तिको घरमा छापा हान्न थालेको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रका पारिवारिक सदस्य तथा बिचौलियाको आरोप लागेका नवीन बस्नेत, नारायण दाहाललगायतका व्यक्तिका घरमा सम्पत्ति शुद्धीकरण सहितको प्रहरीको टोलिले छापा हानेको बताईएको छ ।

स्रोेतका अनुसार चोलेन्द्रको मोबाइलमा सम्पर्क रहेका केही कानून व्यवसायी तथा अन्य व्यक्तिहरूलाई पनि निगरानी सहित छापा हान्ने तयारी भइरहेको छ ।

यस अघि सरकारले सशस्त्र प्रहरीका एआईजी बंशीराज दाहाललाई पनि यही प्रकरणमा निलम्बन गरी अनुसन्धान थालेको थियो ।

गत साता प्रहरीले राणालाई मध्यराति घरबाट हिरासतमा लगे संगै उनको सम्पर्क रहेका आफन्त सहितका व्यक्तिहरुलाई समेत उच्च निगरानीमा राखिएको छ ।